काठमाडौं – बियर एक मादक पदार्थमा नै पर्ने पेयपदार्थ हो। बियर पिउनुलाई पनि राम्रो मानिदैँन। तर, बियरले मानिसको स्वास्थमा राम्रो काम पनि गर्छ, सही मात्रामा बियर पिउनेलाई विभिन्न शारीरिक समस्याबाट राहत मिल्ने गर्छ।
मादक पदार्थ सेवन गर्नु गैरकानुनी र असामाजिक मानिन्छ। मादक पदार्थ सेवन गरी समाजमा होहल्ला गर्ने मानिसलाई समाजले निकै तल्लो स्तरमा राखेर हेर्ने गर्छन्।
बियरले टाउको दुखाइमा पेनकिलरको काम समेत गर्छ। भर्खरै गरिएको एउटा अनुसन्धानलेपारासिटामोल भन्दा बियरले टाउको दुखाइमा राहत दिने पत्ता लगाएको छ।
बियर कसरी फाइदाजनकः
अनुसन्धान कर्ताहरुले २ गिलास बियर पिउँदा २५ प्रतिशतसम्म दुखाइ कम हुने बताएका छन्। यसको तुलना कोडेन जस्ता ओपिओयड ड्रग्सको पनि गरिएको थियो , जसले पारासिटामोलले जस्तै टाउको दुखाइ कम गराउँछ।
अनुसन्धानमा ४०० मानिसहरु सहभागी भएका थिए। सहभागीहरुले पारासिटामोलले टाउको दुखाइबाट आराम दिलाएको बताए । यद्यपि, बियरले मस्तिष्कको रिसेप्टर्समा काम गर्छ।
जसले तनाव कम गराउँछ, र टाउको दुखाइ कम गराउँछ। बियरले तनाव र चिन्ताको तीव्रता कम गराइदिन्छ, जसले दुखाइको महसुस कम गराउँछ।
यदि रगतमा ०.०८ प्रतिशत अल्कोहल भयो भने तनावको मात्रा कम हुन्छ, भने दुखाइबाट पनि आराम मिल्छ। साथै, बियरको सेवनले हृदयघात र डिप्रेशन जस्ता समस्या कम गर्छ।
अन्य फाइदाः
व्यस्त जीवनशैली र मानसिक तनावका कारण मानिसहरुमा अल्जाइरको समस्या बढिरहेकोछ। अल्जाइमरको समस्यामा हप्तामा एकपटक बियर पिउँदा अल्जाइमर वा मस्तिष्कसँग जोडिएका रोगहरु कम हुन्छ।
मृगौलामा भएको पथ्थरीका लागि हरेक हप्ता १ बोतल बियर पिउँदा पथ्थरी पग्लिएर पिसाबबाट बाहिर निस्किन्छ। हप्तामा दुई पटक बियर शेवन गर्दा शरीरमा रक्तसञ्चार राम्रो हुन्छ।
बियरले रोग प्रतिरोधात्मक क्षमताको पनि विकास गर्छ। बियरमा पाइने फाइबरले पेटमा भएको विषालु पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ। जसले गर्दा पाचन शक्ति बढ्छ।