काठमाडौं – घरमा प्रयोग हुने सामग्रीले पनि हाम्रो छाला सुन्दर बनाउन सकिन्छ। घरमै पाइने बेसार, दही, कागती, मेवा, बेसन, ग्रीन टी आदिको प्रयोगले हाम्रो छालालाई सुन्दर र चम्किलो बनाउन सकिन्छ।
सुन्दर देखिनका लागि विभिन्न उपायहरु अपनाउनु पर्छ। अझ अनुहारको सुन्दरताको लागि त बजारमा पाइने विभिन्न किसिमका ब्यूटी प्रोडक्टहरु र घरेलु सामग्रीहरु प्रयोग गर्न सकिन्छ।
ग्रीन टी ब्यागको प्रयोग सीधा अनुहारमा गर्नाले छाला सेतो र चम्किलो हुन्छ। आज हामी ग्रीन टी फेस प्याक कसरी अनुहारमा लगाउने भन्ने बारेमा जानकारी राखौँ।
ग्रीन टी फेस प्याक बनाउने तरिकाः
यो फेस प्याक बनाउनका लागि ग्रीन टी र मुल्तानि पाउडरको प्रयोग गर्नु पर्छ। तीन चम्चा ग्रीन टी र मुल्तानि पाउडरमा एक चम्चा बदामको तेल मिलाउने। त्यसलाई अनुहारमा २० मिनेट लगाएर अनुहार धुने। यसो गर्दा तपाईंको अनुहार चम्कन थाल्छ।
मेवा र ग्रीन टीको फेस प्याकः
पाकेको मेवाको गुदी निकाल्ने र त्यसमा ग्रीन टीको पानी मिसाउने । यो प्याकलाई अनुहारमा १५ मिनेटसम्म लगाउने र पट्टि सफा गर्ने । नियमित रुपमा यो प्रकृया दोर्होयाउँदा अनुहारको छाला आकर्षक बन्छ।
चामलको पिठो र ग्रीन टीको प्याकः
दुई वटा ग्रीन टीको ब्याग र एक चम्चा चामलको पिठो मिसाउने र त्यसमा कागतीको केही थोपा रस हालेर पेस्ट तयार गर्ने । त्यो पेस्टलाई अनुहारमा १५ मिनेटसम्म राखेपछि स्क्रब गर्दै निकाल्नु पर्छ। यसले अनुहार चम्किलो बनाउँछ।
स्ट्राेबेरी र ग्रीन टीको फेस प्याकः
तीनवटा स्ट्राबेरीलाई पिसेर त्यसमा आधा चम्चा मह र एक चम्चा ग्रीन टी मिसाउने, त्यो पेस्टले अनुहारमा मसाज गर्ने, आधा घण्टापछि अनुहार धुने, त्यसो गर्दा केही दिनमा नै तपाईंको अनुहारमा भएको चाउरीपन हट्न थाल्छ।
अदुवा र ग्रीन टीको फेस प्याकः
पानी उमालेर त्यसमा तीन वटा ग्रीन टी ब्याग र त्यसमा कुटैको अदुवा हाल्ने, जब पानी उम्लेर आधा हुन्छ, त्यसलाई छान्ने र छानेको पानीलाई अनुहारमा भएको डण्डिफोर अथवा दागमा लगाउने, त्यसो गर्दा अनुहारको डण्डिफोर हट्नुका साथै दाग पनि कम हुन्छ। यदि तपाईंले आफ्नो अनुहार ग्रीन टीले त्यसै सफा गर्नु भयो भने पनि तपाईंको अनुहार स्वस्थ र सुन्दर हुन्छ।