काठमाडाैँ – कति पयः महिलाहरु आमा बनिसक्नु भएकोछ। आमा भइसकेपछि पनि तपाई हामीले आफ्नो सौन्दर्य र जवानीलाई कायम राख्न सकिन्छ। यसमा खानपान र जीवनशैली नै मुख्य कारण भएको पाईन्छ। जस्तै–
खानपिनः
बिहान उठेपछि हामी जे खान्छौं त्यसको प्रभाव शरीर र छालामा पर्छ। दिनभरमा ७ देखि ८ गिलास पानी पिउने गर्नुपर्छ। बिहान उठ्नसाथ घिउकुमारी वा अमलाको जुस पिउनु शरिरको लागि फाईदाजनक हो। हाम्रो खानामा धेरैजसो हरियो सागसब्जी खानु अतिनै प्रभाबकारी मानिन्छ। ब्रेकफास्टमा हामीहरुले प्रोटिन वा कार्बोहाइड्रेट कम्बिनेशन डाइट लिने गर्नुपर्छ।
नास्ता बनाउदा जस्तैः ओलिभ आयल पनि राम्रो हुन्छ। उनी मनतातो पानी पिउँनु साथै हरेक बिहान एउटा स्याउ सेवन गर्नुहोस् लञ्चभन्दा केही अगाडि फल वा एक गिलास फ्रुटको जुस पिउने गर्नुहोस्। हामीले रातको खानामा रोटी भन्दा पनि सुप, सलाद वा दाल स्वास्थ का लागि फाईदाजनक हो, यसका साथै केही गुलियो खानेकुरा सेवन गर्नु, खासगरी रसगुल्ला, हामीले चिल्लो खानेकुरा सेवन गर्नुभन्दा पनि, दिनमा फिट, एक्टिभ रहनका लागि दिनभर पर्याप्त पानी सेवन गर्नुहोस्। हामीले दिनमा कम्तीमा ८ देखि १० गिलास पानी सेवन गर्नुपर्छ।
व्यायामः
खानपानमा मात्र होइन, हामीले शारीरिक व्यायाम, योगमा पनि उत्तिकै ध्यान दिने गर्नुपर्छ। हामीले हरेक दिन आधा घण्टा योग गर्नु, साथै नियमित रुपमा पैदल हिँड्ने गर्नु र आफुलाई फिट् एन्ड फाइन राख्नका लागि नियमितजसो सूर्य नमस्कार गर्नु अति उपयोगीहुन्छ।
मेसिन बाट कसरतः
हामीले योग मात्र होइन्, मेसिन बाट कसरत गर्ने, दैनिक जीवन बाट अल्छीपनलाई हटाउने, यसो गर्नाले शरिर फिट्नेस हुन्छ।
सौन्दर्यः
बजारमा उपलब्ध सौन्दर्य प्रसोधन खास प्रभाबकारी हुनन्, हामीले प्राकृतिक रुपमै आफ्नो छालाको चमक जोगाइराख्नुपर्छ। त्यसैले हामीले घरेलु सामाग्रीको प्रयोगमा जोड दिनु राम्रो हुन्छ। हामीले नियमित रुपमा घिउकुमारीले अनुहारको मसाज अनि काचो दुधको लेपन आफ्नो अनुहारमा लगाउनु धेरै प्रभाबकारी मानिन्छ।