काठमाडाैँ - हामीले अधिकांश कामहरु हतारमै गरिरहेका हुन्छौं। जसका कारण कहिलेकाहीँ हामीलाई सामान्य चोटपटक लाग्न सक्छ। केटा केटीहरु खेल्ने क्रममा ध्यान दिएर हिड्दैनन्। त्यस कारण उनिहरु घाइते हुन्छन्।घरमा चकचक गर्ने केटाकेटी छन् भने त हरेक दिन सामान्य चोट लाग्ने स्वभाविक नै हो।
घरको काम गर्दा जस्तैः तरकारी काट्दा, सामान सार्दा, किलाहरु ठोक्दा आदि स–साना काम गर्दा धेरै चोटपटक लाग्न सक्छ। कुनै चोट त सामान्य हुन्छ,। वास्ता लाग्दैन,तर कुनै घाउ गहिरो हुन्छ, जसलाई निको हुन समय लाग्नुको साथै उपचारको पनि आवश्यकता पर्छ। त्यस्तै कुनै चोटको लागि त हस्पिटल नै जानु पर्ने आवस्था आउँछ। त्यसैले काम गर्दा, खेल्दा र हिँडडुल गर्दा ध्यान दिनु आवश्यक हुन्छ। यदि तपाईंलाई चोट लागेको छ र सामान्य उपचारले पनि निको हुन्छ भने आज हामी चोट लागेको बेला गर्न सकिने घरेलु उपचारको बारेमा जानकारी दिन्छौं।
भेनेगरः
धेरै पोल्ने भएकाले मानिसहरु घाउमा भेनेगर लगाउन मन गर्दैनन्। तर यसको प्रयोगले घाउ छिट्टै निको हुन्छ। तर यसको बढी मात्रामा प्रयोग भयो भने तपाईंको छाला अत्याधिक पोल्न सक्छ। त्यसैले यसको प्रयोग गर्दा कपासमा एक–दुई थोपा मात्र हालेर घाउमा लगाउनु पर्छ।
टि–ब्यागको प्रयोगः
चोट लागेर धेरै रगत बगेको अवस्थामा रगत बग्नबाट रोक्न टि–ब्याग अति नै उपयुक्त हुन्छ। घाउ भएको ठाउँमा टि–ब्यागको प्रयोगले घाउ छिट्टै भरिन्छ। घाउका कारण तपाईंले धेरै पीडा पनि भोग्नु पर्दैन।
बेसारः
बेसार एउटा प्राकृतिक एन्टीसेप्टिक हो, जसको प्रयोगले घाउमा हुने इन्फेक्सन फैलनबाट रोक्न सकिन्छ। घाउ लागेको समयमा बेसारको प्रयोग तुरुन्त गरिँदा अति नै फाइदा र्पुयाउँछ।
महः
यदि तपाईंको छाला धस्रिएकोछ, भने धस्रिएको ठाउँमा सफा पानीले पखालेर त्यसमा महको लेप लगाउनु पर्छ। यसो गर्दा तपाईंको घाउ दुख्न कम हुन्छ र छिट्टै निको पनि हुन्छ साथै घाउका कारण सुन्निने समस्या पनि हुँदैन्।
एलोभेरा (घ्यु कुमारी)
काटेको, पोलेको र छाला निस्केको ठाउँमा एलोभेरा लगाएर तुरुन्त ठीक पार्न सक्नु हुन्छ। यसको लागि एलोभेराको गुदी निकालेर घाउमा लगाउनुपर्छ। त्यसले तपाईंको घाउमा तुरुन्त सहन सक्ने गराउछ। त्यस्तै पोलेको ठाउँमा पनि एलोभेराको प्रयोग गर्नाले फोका आउन रोक्छ र पोल्न कम हुन्छ।