काठमाडाैँ - आधुनिक जीवनशैलीलाई अपनाउने चक्करमा यस्ता गल्ती गरिरहेका हुन्छौ, जसले बाँझोपनको समस्या ल्याउँछ अहिले बढ्दो उमेरसंगै लाग्ने रोगहरु युवा अवस्थामै लाग्न थालेका छन्। ती मध्ये एउटा सामुहिक समस्याहरु युवाहरुमा बढ्दो बाँझोपन रहेको छ।
वास्तवमा युवाहरुमा बाँझोपनको समस्या आधुनिक जीवनशैलीमा गरिने केही आम गल्तिहरुको कारणले बढिरहेकोछ। खानपान, शिफ्ट अनुसारको जागिर तथा रहनसहनमा आएको परिवर्तनका कारण जहाँ एकातिर हाम्रो जीवनको स्तर पहिलाको तुलनामा निकै ठुलो भएकोछ, अर्कातिर आधुनिकीकरणको परिणामस्वरुप पनि थुप्रै प्रकारका स्वास्थ समस्या बढिरहेकोछ। जस्तैः
खानपिनको
फास्ट फूड तथा जंक फूड जस्ता खाद्यपदार्थमा हुने पेस्टीसाईडले शरीरमा हार्मोनको सन्तुलनलाई बिगाछ, जसका कारण बाँझोपनको समस्या पैदा हुन्छ। त्यसैले आफ्नो खानपिनमा परिवर्तन गर्दै पौष्टिक आहारको सेवन गर्नु पर्छ। हरिया सागपात, ड्राइफुड, गेडागुडी, दाल जस्ता खाद्य पदार्थको सेवन धेरै भन्दा धेरै गर्नु पर्छ।
बाँझोपनको लागि सबैभन्दा धेरै जिम्मेवार भनेकै खानपिनको गलत बानीलाई मान्न सकिन्छ। कुबेलाको खाना खुवाइ, जंक फूड, फास्ट फूड खाने बानीकै कारण युवा अवस्थामै बाझोपनको समस्या बढिरहेको डाक्डरहरुको भनाई छ।
तनावः
आधुनिक जीवनशैलीमा करिव–करिव हरेक व्यक्ति तनावबाट ग्रस्त छन्। कामको दवाव, प्रतिस्पर्धाको भावना, किस्ताको बोझ, जीवनशैलीलाई मेन्टेन गर्नका लागि हुने आर्थिक बोझ आदि त्यस्ता समस्याहरु हुन् जसलाई हामी स्वयम्ले आफ्नै लागि तयार पारेका हौं। यी सबैका कारण अधिकांश युवाहरु तनावमा रहन थालेका छन्।
यही कारण उनीहरु बाँझोपनको शिकार हुन थालेका छन्। यसबाट बच्नका लागि त्यस्ता कामहरु गर्नु पर्छ, जसबाट तपाईं तनावग्रस्त हुने सम्भावना कम हुन्छ। तनाव भएको बेला परिवारका सदस्य तथा साथीभाइहरुको सहयोग लिनु पर्छ।
छिप्पिएपछिको उमेरमा विवाहः
आज प्रगति र सफलताको चाहनामा महिला तथा पुरुषहरु कम उमेरमा विवाह गर्नै चाहँदैनन्। विवाहपछि पनि आर्थिक सुरक्षालाई कायम राख्दा(राख्दै उनीहरुले सन्तान जन्माउने बारेमा सोच्नै भ्याउँदैनन् अथवा त्यसबारेमा सोच्न धेरै समय लगाउँछन्।
महिलाहरु समेत अचेल आत्मनिर्भर हुन थालेका छन् र उनीहरु कम उमेरमा बच्चा जन्माउन चाहँदैनन्। चिकित्सकहरुका अनुसार उमेर छिप्पिएपछि विवाह गर्नाले महिलाहरुको छिम्बको गुणस्तरमा प्रभाव पर्छ। यही कारणले उनीहरुमा बाँझोपनको सम्भावना समेत बढेर जान्छ। यसबाहेक गलत जीवनशैलीका कारण पनि अचेल युवाहरुमा उच्च रक्तचाप जस्ता समस्याहरु समेत देखा पर्न थालेका छन, जसका कारण बाँझोपन हुने समस्या बढ्छ।
व्यायाम नगर्नुः
कामको दवावका कारण व्यायामका लागि समय निकाल्न युवाहरुका लागि निकै ठुलो समस्या बन्दै गैरहेकोछ। कल सेन्र तथा सञ्चारमाध्यमको जागिरमा त समयको बाध्यता नहुनाले कामको दवाव र प्रतिस्पर्धा अझ बढ्छ। युवाहरुका लागि सन्तान जन्माउनु भन्दा महत्वपूर्ण कुरा प्रगति तथा भौतिक सुखसुविधाका लागि पैसा महत्वपूर्ण हुन थालेकोछ। यही कारण जीवनको अधिकांश समय अफिसको काममै बितिरहेको हुन्छ।
अफिसमा धेरै समयसम्म काम गरेपछि घर आउँदा श्रीमान् श्रीमती नै थकित भैसकेका हुन्छन् । यस्तो बेला दुबैलाई शारीरिक सम्पर्क राख्ने चाहना समेत हुँदैन। यदि कामसंग–संगै शारीरिक व्यायामलाई समेत निरन्तरता दिने हो भने बाँझोपनबाट बच्न सकिन्छ।
पुरा निन्द्रा नहुनुः
निद्रा पुरा नहुने कारण पनि युवाहरुमा बाँझोपनको समस्या बढिरहेकोछ। कामको बोझ र राती ढिलोसम्म पार्टी गर्ने कारणले युवा–युवतीहरु पर्याप्त निद्रा र्पुयाउन पाउँदैनन्, जसका कारण हार्मोनमा असन्तुलन हुन्छ। र बाँझोपनको समस्या बढ्छ। थुप्रै वटा अनुसन्धानहरुले पनि के कुरा पत्ता लगाएकोछ। भने निद्रा पुरा नहुने कारण हार्मोनको सन्तुलन बिग्रन्छ र बाँझोपनको समस्या देखिन्छ। त्यसैले नियमित रुपमाले कम्तिमा ७ देखि ९ घण्टा सुत्नु अनिवार्यछ।
मोटाउनुः
खानपानको गलत बानी–व्यहोरा र व्यस्त दिनचर्याका कारण व्यायामका लागि समय निकाल्न पाउँदैनौं। जसको कारणले हामी मोटाउन थाल्छौं। चिकित्सकहरुका अनुसार मोटोपना पनि बाँझोपनको एउटा ठुलो कारण हो। अधिक तौलले महिला तथा पुरुष दुबैको प्रजनन शक्तिलाई प्रभावित बनाउँछ। यसबाहेक जो महिलाहरुको तौल सामान्य भन्दा कमछ, उनीहरुमा पनि यो समस्या देखिन्छ। त्यसैले यदि तपाईंको तौल कम छ, भने त्यसलाई बढाउने कोशिस गर्नु पर्छ।
चुरोट–रक्सीः
अचेलका युवाहरुमा रक्सी, चुरोट, गाँजा आदिको प्रयोग निकै सामान्य झैं भैसकेकोछ। यी सबै नशालु पदार्थहरुको प्रयोगका कारणले युवक तथा युवती दुबैमा बाँझोपनको समस्या देखाउन थाल्छ। यी पदार्थको अत्यधिक सेवनका कारण पुरुषको विर्य तथा महिलाको डिम्बको गुणस्तरमै हृास आउँछ। एकातिर जहाँ धुम्रपान गर्नाले बिर्यको उत्पादनमै कमि आउँछ, भने अर्कोितर रक्सीको सेवनले टेस्टोस्टेरोन हार्मोनको उत्पादनमा पनि कमि आउँछ। यसबाहेक औषधीहरु खासगरी एन्टिबाईटिक अत्यधिक प्रयोगले पनि बाँझोपनको समस्या बढ्न सक्छ।
सवास्थ्य समस्याः
हाइपरटेन्सन तथा उच्च रक्तचाप जस्ता समस्याहरु, जसलाई कुनै बेला बृद्ध(वृद्धालाई लाग्ने रोग भनिन्थ्यो, आज युवापुस्तामा समेत सामान्य हुन थालेकोछ। यसको प्रभावले युवापुस्ताको यौन जीवनलाई नकारात्मक प्रभाव पारेकोछ। सानै उमेरदेखि कम्प्युटर तथा ल्यापटपमा बस्नु सामान्य भैसकेकोछ। यीनै बानीहरु समेत बाँझोपनको कारण बनिरहेका छन्।
बाँझोपनको उपचारः
असिस्टेड रि–प्रोडक्टिभ प्रविध अर्थात आईविएफको माध्यमबाट तपाईंको आमा बन्ने सपना पुरा हुनसक्छ। तर, त्यस्तो स्थितमा डोनरको सहयोग लिनु पर्ने हुन्छ। त्यसलै, डाक्टरहरुले के सल्लाह दिन्छन् त्यहि अनुसार तपाईंले स्वस्थ जीवनशैली अपनाउनु भयो भने बाँझोपनको समस्याबाट बच्नु हुनेछ।