काठमाडाैँ - अहिले धेरैको भान्सामा फ्रिज छ। फ्रिज भएपछि खानेकुरा राख्न सहज भएकोछ। यसले गर्दा खानेकुरा चाडो गल्ने, सड्ने समस्या हुँदैन। यद्यपि समस्या भने अर्काेतिर छ। हामी सजिलोका लागि दुई, तीन छाक पुग्ने खानेकुरा एकै पटक तयार गर्छौं र बाँकी खानेकुरा फ्रिजमा राख्ने गर्दछाैँ।
यही बानीले गर्दा हामीमा बासी खानेकुरा खाने प्रवृत्ति बढ्दो छ। यसैगरी कतिपय खानेकुरा तयारी अवस्थामा फ्रिजमा राख्ने गछौं। जस्तो कि, बेलुकाको लागि खाना पकाएर राख्ने, तरकारीहरु केलाएर राख्ने र केहि दिन वा समय अघिनै पिठो मुसेर फ्रिजमा राख्ने गरिन्छ। त्यसरी अगाडिनै काम सक्दा आफैंलाई सजिलो हुनुका साथै समयको पनि बचत हुन्छ, तर के यो त्यति नै स्वस्थकर पनि हुन्छ त ? आज हामी कुरा गर्दैछौं मुसेको पिठो फ्रिजमा राख्नु कतिको अस्वस्थकर हुन्छ भन्ने बारेमा।
मुसेको पिठो बचाएर राख्दा त्यसमा आत्मा बस्छ भन्ने भनाई बुढाबुढीको रहेकोछ, यो भनाईमा कुनै वैज्ञानिक सत्यता त छैन तर सत् प्रतिशत सही पनि। मुसेको पिठो फ्रिजमा राख्दा स्वस्थलाई अति नै हानी र्पुयाउँछ, फ्रिजमा मुसेर राखेको पिठोबाट बनेको रोटी अथवा कुनै पनि प्रकारको खानाले पेट सम्बन्धि समस्या उत्पन्न हुन्छ। यदि तपाईंको पनि समय बचाउनका लागि पिठो मुसेर फ्रिजमा राख्ने बानी छ भने आजबाट नै त्यो बानी त्याग्नुहोस्। फ्रिजमा राखिएको मुसेको पिठोबाट बनेको रोटीले तपाई र तपाई परिवारको लागि हानीकारक हुन्छ। केही समय अगि मुसेर राखेकाे पिठोले पेट लगायत पुरा स्वास्थ्य नै अस्वस्थकर हुदैन।
मुसेको पिठोमा बासी हुने प्रक्रिया छिट्टो शुरु हुन्छ,त्यो पिठोमा धेरै प्रकारका ब्याक्टेरियाहरु उत्पन्न हुन्छ,जसका कारण हामीलाई धेरै प्रकारका रोगहरु लाग्न सक्छ। मुसेर राखेको पिठोबाट बनेको खानेकुराले पेट दुख्ने, कब्जियत हुने, पाचन प्रक्रिया कमजोर हुने जस्ता अनेक समस्याहरु उत्पन्न गराउँछ।
स्वाद परिर्वतन हुनुः
ताजा र बासी खानेकुराको स्वादमा धेरै अन्तर हुन्छ, त्यहि कुरा पिठोमा पनि लागु हुन्छ। फ्रिजमा राखेको बासी पिठोबाट बनेको रोटी भखर्रै मुसेको पिठोबाट बनेको रोटी जस्तो हुँदैन।
ठुलाबडाको भनाईः
ठुलाबडाका भनाई अनुसार मुसेर राखेको पिठो पिण्ड बराबर हो, त्यसतर्फ आत्माहरु आकषिर्त हुन्छन्। जुन घरमा सधैं पिठो मुसेर राखिन्छ, त्यहाँ धन र शान्तिको कमी हुन्छ,यद्यपि यी कुराहरुको कुनै वैज्ञानिक प्रमाण त छैन तर मुसेर राखेको पिठोले हाम्रो स्वस्थलाई नकारात्मक असर र्पुयाउने चाहिं निश्चित नै छ,यदि हाम्रो स्वस्थ खराब भयो भने जँचाउनु पर्छ, जसको लागि पैसा खर्च हुन्छ र बिरामीको मन पनि शान्त रहँदैन।
केही सुझावः
यदि तपाईको पिठो मुसेर राख्ने बानीछ, भने यो बानीलाई आजबाट नै बदल्नुहोस्। आवश्यक छैन भने फ्रिजमा पिठो मुसेर नराख्नुहोस्। यदि फ्रिजमा राख्नु नै परेमा हावा नर्छिने बट्टामा राख्नुहोस् र सकेसम्म छिट्टो यसको प्रयोग गर्नुहोस् ।