काठमाडौं – अभियन्ता बिजय थापाले आइओएममा आन्दोलतरत बिद्यार्थीको मागप्रति ऐक्यबद्धता जनाएका छन्। थापाले बुधबार एक बिज्ञप्ती जारी गर्दै आन्दोलनरत बिद्यार्थीहरुको समर्थन गरेका हुन्।
थापाद्वारा जारी बिज्ञप्तीमा आईओएमका डिन जगदिश अग्रवालले पैसाको चलखेल गर्ने गरेको उल्लेख गर्दै उनीबिरुद्ध उत्रन आग्रह समेत गरिएको छ।
थापाद्वारा जारी प्रेस बिज्ञप्तीको पुर्णपाठ
‘शिक्षा, स्वास्थ, रोजगार.हाम्रो मौलिक अधिकार भन्ने नाराका साथमा हामी निरन्तर संघर्षरत रहेको सर्व्बिदितै छ। शिक्षा र स्वास्थ सेवा पुर्ण रूपमा निशुल्क, गुणस्तरीय, ब्यवस्थित, मर्यादित हुनुपर्छ। यसको प्रत्यक्ष रुपमा सुनिस्चितताको प्रत्याभूति सरकारले दिलाउनुपर्छ।
स्वास्थ, शिक्षा रोजगारलाई जबसम्म मौलिक अधिकारका रूपमा सुनिश्चितता सहितको प्रत्याभूति दिलाइन्दैन तबसम्म हामी निरन्तर रचनात्मक तवरमा दबाबमुलक, शान्तिपूर्ण संघर्षका कार्यक्रमहरु जारी राख्ने प्रण दोहोर्याउन चाहन्छौ।
हालै चिकित्सा शिक्षा संघर्ष समितिमा संगठित विद्यार्थीहरुले विभिन्न आठ बुदे माग राखी त्रिभुवन बिश्वबिद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिन कार्यालय र परिक्षा नियन्त्रण शाखामा लगाएको तालाबन्दी लगाएतका सम्पुर्ण संघर्षका कार्यक्रममा हामी यसै प्रेस बिज्ञप्तिमार्फत एक्यवद्धता जनाउँछौ।
चिकित्साशिक्षा ऐनले ब्यवस्था गरेको ७५ प्रतिशत छात्रवृत्तिको प्राबधान लागु हुनुपर्छ, मेडिकल कलेजहरुले विभिन्न शिर्षकमा उठाउदै आएको मनोमानी शुल्क फिर्ता गरि उक्त मेडिकल कलेज उपर कारवाही हुनुपर्छ, नेपालमा पहिलो पटक डिन जगदीश अग्रवालकै पालामा एमबिबिएस परिक्षाको प्रश्नपत्र परिक्षा अगाडि नै पैसाको चलखेलमा बेचिएको घटनामा डिन जगदीश अग्रवालमाथी छानबिन हुनुपर्छ, डिन जगदीश अग्रवालको नागरिकता छानबिन हुनुपर्छ भन्दै निरन्तर रूपमा सरकारलाई शान्तिपुर्ण तवरमा दबाब दिदै आइरहेका छौँ तर सरकार कानमा तेल हालेर सुतेको अवस्था छ।
डिन जगदीश अग्रवाल सक्रिय रूपमा डाक्टर गोविन्द केसी, जीवन क्षेत्रीलगाएतका केहि हाउगुजी षड्यन्त्रकारी बुख्याचाहरुको आवरणमा विभिन्न संचारमाध्यमलाई प्रयोग गरेर अतिरन्जित समाचार बनाइ धम्किपुर्ण समाचार सम्प्रेषण गर्ने, स्वतन्त्र शक्तिशाली चिकित्सा शिक्षा आयोग बन्न नै नदिने र बनिहालेमा आफ्ना कार्यकर्ता भनौंदा टोपी लगाएर माइतीघर मंन्डलामा बुर्कुसी मार्न उकास्ने मुर्कुटाहरुको भर्तीकेन्द्र बनाउन लागी परेको छर्लङ्ग छ।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष हामी बनाउछौ भन्दै पैसाका लागी बार्गे्निङ गरेका गोप्य कुराहरु बाहिरिन्दै छन। माइतीघर मन्डलामा भाडामा टोपि लगाएर भाडभैलो मच्चाउन केहि गिरोह खटाइन्दैछ। वास्तवमा के चाहान्छ्न डिन जगदीश अग्रवाल र डाक्टर गोविन्द केसीहरु? हामी प्रश्न गर्न चाहान्छौ। के साच्चै नेपालको समग्र स्वास्थ शिक्षा क्षेत्रलाई तहसनहस बनाउने नै हो? के देशलाई सधैं अस्थिरतातर्फ धकेल्न मै केन्द्रित हुने हो? के मुढभेट निम्त्याउन नै खोजेको हो? यदि हो भने अब सशक्त प्रतिकारमा उत्रनुको विकल्प छैन।त्यो सबैका लागी दुर्भाग्यपूर्ण हुनेछ।
होशियार! हामी ज्युदै छौँ। नेपालको समग्र स्वास्थ शिक्षा क्षेत्रलाई तहसनहस बनाउन लागि पर्नेहरु, स्वतन्त्र शक्तिशाली चिकित्सा आयोगलाई आफ्नो कठपुतली बनाएर नचाउने सपना देख्नेहरु, देशमा सधैं अस्थिरता मच्चाउन चाहानेहरु होशियार! ठाडै चुनौती दिन्छौं शसक्त प्रतिकारमा उत्रन बाध्य हुने छौँ। कुनैपनी हालतमा तत्काल स्वतन्त्र शक्तिशाली चिकित्सा आयोगको उपाध्यक्ष छनौट प्रक्रियालाई पुर्णता दिएर तत्काल आवस्यक कामकारबाही शुरूवात गरियोस भनेर सरकारको ध्यानाकर्षण गराउन चाहान्छौ।
हामी फेरि पनि दोर्होयाए डिन जगदीश अग्रवाल, डाक्टर गोविन्द केसी र टोपी लगाएर बुर्कुसी मार्नेहरुलाई स्वतन्त्र शक्तिशाली चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनौट प्रक्रियालाई अवरुद्ध गर्ने अराजक क्रियाकलापलाई तत्काल रोकेर पूर्णता दिने कार्यमा सहयोगी भुमिका निर्वाह गरिदिनुहोस भन्ने विनम्र आग्रह अनुरोध गर्दछौं।
साथै भ्रष्ट डिन जगदीश अग्रवालविरुद्ध सशक्त रूपमा बिरोधमा उत्रन सम्पुर्ण विद्यार्थीहरुलाई अपिल गर्दछौं।’
http://nepalipublic.com/archives/71607