काठमाडौ – नेपालको सन्दर्भमा धेरै मानिसहरु रोकको शिकार बनेर बस्नु परेको छ, जसमा कोही उपचार गर्नको लागि पैसाको अभाव त कसैलाई अस्पतालको अभाव हुने हुल्छ। यसै सन्दर्भमा औषधी पसलहरुले आफूखूसी बिरामीको अवस्थालाई नबुझीकन औषधीमा तोकिएको भन्दा बढी लिने गर्छन्। सबैभन्दा धेरै ठगी औषधीमा हुन्छ भन्ने हामी सबैले सुन्दै आएका हौँ। हरेक औषधिमा अधिकतम छुट दिनसक्नेगरी बजारमा आएको हुन्छ भन्ने चर्चा भर्खरै मात्र चल्न थालेको छ। तर न हामी छुट माग्छौ न त औषधी पसलेले छुट दिन्छन्। तर आज हामी त्यस्तो औषधी पसलको बारेमा कुरा गर्दैछौ जहाँ जोकोही औषधी किन्न पसलमा पुग्दा ५० प्रतिशत सम्म छुट पाईन्छ। न त तपाईले छुट माग्नुनै पर्छ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले औषधिमा लेखिएको एमआरपी मूल्य भन्दा ५० प्रतिशत कममा बिक्री गर्दै आएको छ। यसरी औष्धिी पाउन थालिएको बर्षौ वितेको छ। तर धेरैलाई जानकारी छैन। धेरै औषधी सेवनकर्तालाई यो जानकारी होस भनेर नै यो सामाग्री तयार पारीएको हो। यसलाई अधिकतम सेयर गरिदिनुहोला।
यहाँ डब्लुएचओ जीएमजी सर्टिफाइड राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले उत्पादन गरेको औषधीमा यो छुट पाइन्छ, त्योपनि वर्षौँदेखि। औषधीमा यति धेरै छुट अन्यत्र कतै पाइँदैन। यहाँ न उपभोक्ताले छुट माग्छन् न त औषधी पसलेले नै छुट दिन्छन्। नमागीकनै औषधीमा ५० र र केही सर्जिकल सामानमा ७० प्रतिशतसम्म छुट पाइन्छ। यो खबर पढेपछि सेयर गरिदिनुहोला। अरु पसलमा जाँदा समेत औषधीमा लेखिएको मूल्य भन्दा छुट पाईन्छ त भनेर जहाँपनि छुट माग्नुहोला।