काठमाडौँ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही दिनभित्र बिदेश जाने भएका छन्। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर जादैछन् भने अर्का अध्यक्ष प्रचण्ड पार्टीको भेटघाटको सिलसिलामा दुवई जान लागेको एक स्रोतले जनाएको छ।
प्रधानमन्त्री ओलीनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार ओली यही साउन १८ गते सिंगापुर जाने तय भएको छ। पछिल्लो समय नेपालमै स्वास्थ्य परीक्षण गराईरहेका ओलीले नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने निधो गरेका हुन्।
पार्टीका विभिन्न विभागको नेतृत्व चयन गर्ने भनेर आज डाकिएको सचिवालय बैठकमा पनि प्रधानमन्त्री ओलीले आफ्नो सिंगापुर भ्रमणबारे जानकारी गराएका थिए। सोही कारण सचिवालयको अर्को बैठक साउन २८ गते बस्नेगरि स्थगित भएको हो।