काठमाडौँ - नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पताल तथा रिसर्च सेन्टरबीच सम्झौता भएको छ। सम्झौतापत्रमा अस्पतालको तर्फबाट प्रबन्ध सञ्चालक बाबुकाजी कार्की, सञ्चालक समिति सदस्य तथा जनसम्पर्क निर्देशक हरिप्रसाद पाठक, बित्त निर्देशक दिपेन्द्र पोखरेल र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्वप्रसाद अर्याल तथा वरिष्ठ सल्लाहाकार लिलेन्द्र प्रसाद प्रधानले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार महासंघका सदस्य तथा कर्मचारीले ओम अस्पतालमा उपचार गराउँदा सहुलियत सुविधा दिने विषयमा सम्झौता भएको हो। सहमति अनुसार संघका सदस्य तथा कर्मचारीहरूले चिकित्सकसँगको कन्सल्टेसन, औषधिको बिल, डिस्पोजेवल, प्रत्यारोपण सामग्री र विशेष प्याकेजबाहेकका सेवामा विशेष छुट पाउनेछन्।