काठमाडाैं, ३ माघ – डा. गोविन्द केसीकाे अनशनमा ऐक्यवद्धता जनाउन पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितका नागरिक अगुवा इलाम जाँदैछन्। डा. केसी ९ दिनदेखि इलाममा अनशनरत छन्।
टोलीमा पूर्वप्रधानन्यायधीश सुशीला कार्कीसहित पूर्वसभामुख दमननाथ ढुंगाना, त्रिवि पूर्वउपकूलपति केदारभक्त माथेमा, अधिवक्ता सुरेन्द्र भण्डारी र डा.अभिशेक सिंह छन्। उनीहरुले अनशनस्थल पुगेर ऐक्वद्धता जनाउने, चिकित्सकसँग भेटेर डा. केसीकाे स्वास्थ्य अवस्था बुझ्नेलगायतका कार्यक्रम रहेको जानकारी डा. सिंहले दिए।
यसअघि कार्कीसहितका अगुवाले विज्ञाप्तिमार्फत सरकारको ध्यानाकर्षणसमेत गराएका थिए। चिकित्साशिक्षा विधेयकलाई १५औं अनशनको सम्झौता र प्रधानमन्त्री केपी ओलीको प्रतिवद्धताअनुसार नै पारित गर्नुपर्ने मागसहित डा. केसी पुस २५ देखि इलाममा अनशन थालेका थिए।
धरानबाट गएको विशेषज्ञ टोलीले डा. केसीको स्वास्थ्य निरन्तर खस्किँएको भन्दै तत्काल सुविधा सम्पन्न अस्पतालमा नपुर्याए जुनसुकै बेला जेसुकै हुनसक्ने चेतावनी यसअघि नै दिइसकेको छ।