काठमाडौँ – नेपाली कांग्रेसकी सांसद डिला संग्राैला पन्तले पछिल्लो समय काठमाडौँमा भएको सिरिन्ज आक्रमण रोक्न र दोषीलाई कारवाही गर्न माग गरेकी छन्। सोमबार संघीय संसद बैठकको शुन्य समयमा बोल्दै सांसद पन्तले यस विषयमा सभामुखमार्फत सरकारको ध्यानकर्षण गराएकी हुन्।
उनले पछिल्लो समय राजधानीमा ४ जना युवती तथा महिलामाथि सिरिन्ज आक्रमण भएको र उनीहरूमा एचआइभी तथा हेपाटाइटिस बी र सीको संक्रमण देखा परेको जानकारी गराउँदै यसलाई सरकारले तत्काल रोक्न सांसद संग्राैलाले माग गरिन्।
तत्काल दोषीको पहिचान गरी कारवाही गर्न र भोलिका दिनहरुमा यस्तो घटना हुन नदिन सरकारले तत्काल कदम चाल्नुपर्ने उनले माग राखिन्।