डडेल्धुरा – चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै डडेल्धुरा अस्पतालमा आफन्तले प्रदर्शनका कारण तनाब बनेका छन्।
अमरगढी नगरपालिका–६ का धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको मृत्यु अस्पतालको लापरबाहीबाट भएको भन्दै आफन्तले अस्पतालमा प्रदर्शन गरेको हो ।
सुत्केरीको ‘रक्तश्राव’ नरोकिएपछि गीतालाई शुक्रबार परिवारले अस्पताल भर्ना गरेका थिए। तर, उनलाई अस्पतालले बचाउन सकेन। बरु हेलिकप्टरको व्यवस्था गरेर रेफर गरिदियो। जसमा अस्पतालको चरम लापरबाही रहेको आफन्तको दाबी छ। अप्रेसनमै लापरबाही गरेको र समस्या बल्झिँदै जाँदा पनि रेफर नगरेर त्यही राखेको आरोप परिवार लगाएको छ। तर, अस्पतालले भने आफन्तको दाबी गलत भएको बताएको छ। गीतालाई ८ पउण्ड रगत दिएर रेफर गरिसकेको अवस्थामा उनको ज्यान गएकाले अस्पतालको अस्पतालको लापरवाही भन्नु जायज नभएको अस्पताल प्रशासनको दाबी छ।
अस्पतालले आफ्नो बचाउ गरे पनि आफन्तले दोषी चिकित्सकमाथि कारबाहीको माग गरेका छन्। शिशुको जीवनरक्षा र उचित क्षतिपूर्तिको माग राखेर आन्दोलन गरेका छन्।
आक्रोसित आफन्तले अस्पताल परिसरमा ढुंगामुढासमेत गरेका छन्। पीडित पक्ष आक्रोसमा आएपछि केहीबेर प्रहरीसँग झडपसमेत भएको थियो। ढुंगामुढाबाट अस्पतालमा आंशिक क्षति भएको छ।
यता जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका डिएसपी डम्बरबहादुर केसीले घटनाबारे छानबिन गरेर दोषीमाथि कारवाही गर्ने सहमति दुई पक्षबीच बनेको जानकारी गराए।