काठमाडाैँ - चाबहिलस्थित ओम अस्पतालमा पित्तथैलीको पत्थरी निकाल्ने क्रममा सानो आन्द्रा काटिएपछि बिरामीको मृत्यु भएको छ। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की ५० वर्षीया रामप्यारी थापामगरको बिहीबार बिहान मृत्यु भएको हो।
मगरको गत शुक्रबार शल्यक्रिया गरिएको थियो । डा। रविन कोइरालाको टिमले पत्थरी निकाल्ने क्रममा काटिएको आन्द्रा नजोड्दा शरीरमा संक्रमण फैलिएर मृत्यु भएको आफन्तको आरोप छ। अप्रेसनका क्रममा काटिएको आन्द्रा त्यत्तिकै छाडेर बाहिर छाला मात्रै जोड्दा संक्रमण भएर ज्यान गएको मृतकका बैनीज्वाइँ खड्ग श्रेष्ठले बताए। घटनाबारे अस्पतालले भने कुनै प्रतिक्रिया दिएको छैन। ओम अस्पतालमा यसअघि पनि सामान्य उपचारका क्रममा बिरामीको ज्यान गएका घटना छन्। यस्ता गल्तीका कारण अस्पताल पटक–पटक विवादमा आउने गरेको छ।
ओम अस्पतालमा सामान्य उपचारका क्रममा बिरामीको मृत्यु भएका विगतका घटनाबारे म जानकार थिएँ। तर, दिदीको भर्ना गरेपछि मात्रै यहाँ ल्याएको बारे मलाई जानकारी भयो। त्यसैले अन्य अस्पताल लैजाने पहल गर्न सकिनँ। गत बिहीबार उहाँको स्वास्थ्य परीक्षण गर्दा पित्तथैलीमा सानो ढुंगा देखियो। डा.रविन कोइरालाको टिमले शुक्रबार अप्रेसन ग-यो। अप्रेसनका क्रममा सानो आन्द्रा काटिएको रहेछ, तर आफन्तलाई जानकारी नै गराएनन्। याे समाचार नयाँपत्रिकामा छापेकाे छ।