काठमाडौँ – आज मे २५ अर्थात् विश्व थाइराइड दिवस। नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।
मानव शरिरमा रहेको रुद्रघण्टीको तलतिर रहने ग्रन्थीलाई थाइराइड ग्रन्थी भनिन्छ। यो पुतली आकारको हुन्छ। यो ग्रन्थीले हर्मोन उत्पादन गर्ने गर्छ। यो हर्मोनले शरीरमा मोटावोलिजम नियन्त्रण गर्छ।
थाइराइडलाई पिट्युटरी ग्रन्थीले नियन्त्रण गर्छ। यी हर्मोनहरूको शरीरको वृद्धि विकासमा अहम् भूमिका हुन्छ। थाइराइड ग्रन्थीमा देखिने समस्याबाट हर्मोन उत्पादनमा असन्तुलन हुन्छ र रोग लाग्छ। त्यो रोगलाई थाइराइड रोग भनिन्छ।
पछिल्लो समय नेपालको जनसंख्याको ४ दशमलव ५ प्रतिशत मानिसलाई थाइराइड रहेको चिकित्सकले बताएका छन्। नेपालमा थाइराइड बढ्नुको मुख्य कारण हामीले खाने नुनमा आयोडिनको मात्रा धेरै रहेको डाक्टर अशुंमाली जोशीले बताए।
शरीरमा आयोडिन थोरै वा धेरै हुँदा थाइराइड ग्रन्थीहरूलाई असर गर्ने उनले बताए। थाइराइड पहिचानका लागि रगत परीक्षण, थाइराइड स्क्यान, भिडियो एक्सरे गर्नुपर्ने हुन्छ।
नेपालमा यो दिवसका अवसरमा विभिन्न अस्पतालले चेतनामुलक कार्यक्रम गरी मनाइरहेका छन्।