काठमाडाैँ – पोखरा न्युरोडस्थित शेप अप स्लिमिङ सेन्टरले ‘सेलिब्रिटी शेपअप च्यालेन्ज’ कार्यक्रम आयोजना गर्ने भएको छ। तीन महिने फिट्नेश च्यालेन्जमा होस्ट चर्चित सेलिब्रिटी निशा पन्थी हुने भएकी छन्।
यो च्यालेन्जमा शेप अप स्लिमिङ सेन्टरले प्राकृतिक तरिकाले ३ महिनामा कुनै साइड इफेक्ट नपार्ने गरी १५ केजीसम्म घटाउने शेप अप स्लिमिङ सेन्टरको निर्णय रहेको छ। पोखरा तथा आसपासमा रहेका सामान्य मान्छे तथा सेलिब्रिटीहरु मोटोपनले ग्रसित र विभिन्न रोगहरु निम्त्याउने हुँदा त्यसलाई हुँदा नियन्त्रण गर्ने लक्ष्यले यो कार्यक्रम सञ्चालन गर्ने भएको हो।
शेप अप प्रयोग गर्नुका फाइदाहरुः
सामान्यतया शेप अपले १५ दिनमा ५ देखी ८ केजीसम्म बिना कुनै साइड इफेक्ट नचाहिने बोसाे घटाउँछ। बजारमा विभिन्न तरिकाले हानिकारक औषधिहरु प्रयोग गरेर तौल घटाउने, अनेकौँ सुईहरुको प्रयोग गरेर शरीरको बोशो निकाल्ने हुँदा स्वास्थमा विभिन्न नराम्रो असरहरु पर्ने देखिन्छ।
तर, शेप अप स्लिमिङले पुरै प्राकृतिक रुपमा कोरियन प्रविधीले शरीरको नचाहिने बोसो घटाउँछ। बिनाकुनै साइड इफेक्ट स्वास्थमा नराम्रो असर नपर्ने हुनाले आजकल यस प्रविधिप्रति मानिसहरुको चासो बढ्दै गएको छ। हरेक दिन व्यायाम गर्न उपयुक्त नहुने मनिसहरुलाई यो प्रविधि अत्यन्तै फलदायी हुने गरेको पाइन्छ।
शेप अप स्लिमिङले विभिन्न मेसिनहरुद्वारा शरीरको बोसोपन घटाउने काम गर्दछ। शेप अपको स्लिमिङ प्रविधिले मोटोपना मात्र नघटाउने तर समयमै रजस्वला नहुने समस्यालाई पनि समाधान गरिदिन्छ।
यस प्रविधिले महिला प्रजनन् स्वास्थ्यमा समेत राम्रो गर्ने गर्दछ। यो प्रविधि प्रेसर हाइ हुने, थाइराइड हुने बिरामीलाई समेत उपयुक्त रहेको छ। स्वस्थ रहन र आयुलाई अझै लम्बाउन भए पनि व्यायाम गर्नुपर्ने हुन्छ।