महोत्तरी - समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँ र बर्दिवास नगरपालिका महोत्तरीको संयुक्त आयोजनामा बिहीबार खयरमारा-बर्दिवासमा २ दिवसीय महिला स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ।
महिला सशक्तिकरण कार्यक्रम-२०७६ अन्तर्गत सञ्चालन गरिएको उक्त शिविरमा अस्पतालका चिकित्सक लगायतका स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गर्यो। टोलीले गाइनो तथा हड्डी खिइएका सेवाग्राहीहरुलाई सेवा प्रदान गर्नुका साथै निः शुल्क औषधी वितरण गरिएको छ। शिविरबाट १ सय ९३ जना महिला सेवाग्राहीहरुले स्वास्थ्य सेवा लिएका छन्। उक्त शिविर शुक्रबार समेत संचालन हुनेछ।
साथै समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बर्दिबास खयरमारास्थित सरस्वती निम्न माध्यामिक विद्यालयमा आजै विद्यालय सम्पर्क कार्यक्रम पनि संचालन गरिएको छ। उक्त कार्यक्रममा प्रहरी निरीक्षक शर्मिला गुरुङले समुदाय–प्रहरी साझेदारी सम्बन्धी प्रशिक्षण दिएकी थिइन्।
