रुपन्देही – रुपन्देहीमा आयोजना गरिएको रुपन्देही स्वास्थ्य शिविरबाट ७ हजार स्थानीय लाभान्वित भएका छन्। स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको जिल्लाका कोटहिमाई, सम्मरीमाई तथा मर्चावारी गाउँपालिकालगायत आसपासका बासिन्दाले निशुल्क स्वास्थ्य सेवाको लाभ लिएका हुन्।
प्रदेश ५ तथा अन्य संघसस्थाको सहयोगमा मध्य पश्चिम पृतना हेडक्वार्टरले वैशाख ४ गतेदेखि ८ गतेसम्म स्वास्थ्य शिविर आयोजना गरेको थियो।
स्वास्थ्य शिविरमा ६८ जनाको सफल शल्यक्रिया हुनुको साथै जनरल मेडिसिन, स्त्री रोग, आँखा, नाक, कान, घाँटी, चर्म रोग, हाडजोर्नी, बालरोग, स्वास प्रश्वास, मानसिक रोग, हर्निया, हाईड्रोसिललगायत विभिन्न रोगको उपचार गरिएको थियो।
प्रदेश प्रमुख उमाकान्त झाले उद्घाटन गरेको शिविरको मध्य पश्चिम पृतनाका पृतनापति उपरथी सिताराम खड्काले समापन गरेका थिए।