काठमाडौँ - विश्व मिर्गौला संगठन दक्षिण एशियाको उपाध्यक्षमा प्राडा दिव्या सिंह शाह निर्वाचित भएकी छन्। उनी त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, शिक्षण अस्पतालकी मिर्गौला रोग विशेषज्ञ हुन्।
प्राडा शाह इन्टरनेशनल सोसाइटी अफ नेफ्रोलोजीको काउन्सिल सदस्यमा पनि निर्वाचित भएकी छन्। संगठलनको विशेष कमिटीले दक्षिण एशियाबाट मिर्गौला रोगको क्षेत्रमा उत्कृष्ट काम गरेका तीन जना सदस्यलाई निर्वाचनको लागि मनोनयन गरेको थियो। प्राडा शाह पाकिस्तान र बंगलादेशका प्रतिद्वन्द्वीलाई पराजित गर्दै उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन्।
गत मार्च १ देखि ३० गतेसम्म संगठनका सदस्यहरुले अनलाइनमार्फत मतदान गरेका थिए। नतिजा गएको हप्ता अष्ट्रेलियाको मेलवर्नमा आयोजित एक सम्मेलनमा सार्वजनिक गरिएको थियो। तीन जनाबीच भएको अनलाईन मतदानमा शाह उपाध्यक्ष निर्वाचित भएकी हुन्।