जनकपुर – स्थानीय जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटल, जनकपुरमा कार्यरत एक नर्स झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।
महोत्तरीको गौशाला नगरपालिका–३, रामनगर घर भएकी २४ वर्षीया नर्स रक्षा आले आइतबार अस्पतालको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले नर्स रक्षा आलेको शव अस्पतालको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको बताए। यो अस्पताल संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवको हो।
डीएसपी कार्कीले घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको नेपाली पब्लिकलाई बताए।