काठमाडौँ – त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी पीडितको उपचार गर्न हावाहुरी प्रभावित क्षेत्र बाराको फेटा पुगेका छन्।
केसी सोमबार रात्री काठमाडौँबाट बस चढेर मंगलबार बिहान त्यँहा पुगेका हुन्। औषधि बोकेर फेटा पुगेका चिकित्सा शिक्षा सुधारका अभियान्ता एवं वरिष्ठ हाडजोर्नी विशेषज्ञ केसीले हावाहुरीबाट घाइते भएकाको निम्ति स्वास्थ्य शिविर चलाउने छन्।
आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा ३१ जनाको मृत्यु भएको छ भने ६ सय बढी घाइते भएका छन्।