झापा - मेचीनगरको काँकरभिट्टामा १ करोड रुपैयाँ बढीको लगानीमा क्लासिक फिटनेस पार्क सञ्चालनमा आएको छ। मेचीनगरका समाजसेवी गंगालाल गुरुङले ‘स्वास्थ्य नै धन हो’ भन्ने उद्देश्यले फिटनेस पार्क सञ्चालन गरेको बताए।
शनिबार प्रदेश सांसद गोपाल बुढाथोकी, श्रीप्रसाद मैनाली, मेचीनगरका प्रमुख बिमल आचार्य, उपप्रमुख मीना उप्रेती, प्रदेश कमिटिका सदस्य विष्णु प्रसाई लगायतका व्यक्तित्वले सामूहिक रूपमा पार्कको उद्घाटन गरे।
शारीरिक रूपमा तन्दुरूस्त रहनका लागि अत्याधुनिक सामग्रीसहित विज्ञको सल्लाहमा व्यायाम गराउने सञ्चालक गंगालाल गुरूङले बताए।
फिटनेस पार्कमा एक पटकमा एक सय जना सम्मले व्यायाम गर्नेछन्। उद्घाटनकै दिन ६५ वर्षीय विष्णु प्रसाईले एक वर्षको सदस्यता लिएका छन्। प्रसाईको वजन एक सय सात केजी छ। स्वास्थ्य सन्तुलित राख्नका लागि अब निरन्तर व्यायाम गर्ने इच्छा उनमा जागेको छ।