काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीकाे शिक्षण अस्पतालमा नियमित स्वास्थ्य परीक्षण भएको छ। स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेकाे अस्पतालले जनाएको छ।
प्रधानमन्त्रीको उपचार एवम् परीक्षण प्राध्यापक डा. अरुण सायमीको संयोजकत्वमा भइरहेको र उनको स्वास्थ्य स्थिति सामान्य रहेको शिक्षण अस्पतालले जनाएको छ।
प्रधानमन्त्री ओलीले मुटुको नियमित परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियो थेरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा परीक्षण गराउँदै आएका छन्।
मनमोहन कार्डियो थेरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले परीक्षणका क्रममा थप केही परीक्षण गर्न उपयुक्त देखिएकाले प्रधानमन्त्री ओलीलाई अब्जरभेशनमा राखिएको पनि बताएको छ।
