काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली भएको छ भने देशका अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ। आइतबार दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतः सफा रहने महाशाखाले जनाएको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागसँगै कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार आइतबार राति पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। साथै अन्य हिमाली भूभागमा समेत आंशिक बादल लाग्ने सम्भावना छ। बाँकी क्षेत्रमा भने मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।
सोमबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बादल लाग्ने सम्भावना रहेको छ। सोमबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।