काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी भएको छ। महेन्द्र शालिक नजिकै रहेको बारमा आज बिहान करिब ९ बजे आगलागी भएको हो।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार आगलागी नियन्त्रणका लागि दुईवटा दमकल घटनास्थलमा परिचालन गरिएको छ।
आगलागी हुँदा बारभित्र कोही पनि नरहेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। बारका सञ्चालकलाई घटनास्थलमा बोलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ।