काठमाडौं । चितवनको पर्यटकीय क्षेत्र जलविरे ९लामो झरना० अवलोकन गरेर फर्किने क्रममा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ ।
इच्छाकामना गाउँपालिका–६ स्थित जलविरे झरनाबाट फर्कँदै गरेको भारतीय नम्बर प्लेटको कार अनियन्त्रित भएर खोलामा खसेको हो । दुर्घटनामा कार चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।प्रहरीका अनुसार मृतकको साथबाट भेटिएको राहदानीका आधारमा उनको पहिचान भारतको पश्चिम बङ्गालस्थित कालिम्पोङका ४१ वर्षीय सायन्तन गायेनका रूपमा खुलेको छ ।
प्रारम्भिक अनुसन्धानमा दुर्घटनाका बेला कारमा चालक मात्र सवार रहेको पाइएको प्रहरीले जनाएको छ । दुर्घटना हुनुको कारणबारे थप अनुसन्धान भइरहेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।