काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो।महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँ थियो।यसैगरी, मंगलबार सुनको मूल्य प्रतिदश ग्राम २ लाख ४२ हजार २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
सुनको मूल्य बढ्दा चाँदीको भाउ भने घटेको छ। सोमबार प्रतितोला ३ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २५ रुपैयाँले घटेर ३ हजार ९७० रुपैयाँ कायम भएको छ।महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ४०४ रुपैयाँ निर्धारण गरिएको छ।