काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार सुनको भाउ प्रतितोला ९०० रुपैयाँले बढेको हो।महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन मंगलबार यसको मूल्य प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँ थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। बुधबार चाँदी प्रतितोला ३ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ३ हजार ९७० रुपैयाँ रहेको थियो।
यसअनुसार एक दिनको अवधिमा चाँदी प्रतितोला १० रुपैयाँले महँगिएको छ। सुनचाँदीको मूल्यमा आएको परिवर्तनसँगै बजारमा दुवै धातुको कारोबार मूल्य बढेको हो।