काठमाडौं । सरकारले बुधबार पनि मन्त्रिपरिषद्को बैठक बोलाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बैठक बस्ने तयारी गरिएको हो ।यसअघि मंगलबार पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो । उक्त बैठकले प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायतका विषयसँग सम्बन्धित केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
लगातार दोस्रो दिन बस्न लागेको मन्त्रिपरिषद् बैठकमा समसामयिक सरकारी कामकारबाही तथा अन्य प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको छ ।