काठमाडौं । लामो समयदेखि बजेटको प्रतीक्षामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३ र ८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट प्रदेशसभामा पेस गरेको छ।
आइतबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री चक्र मल्लले सरकारको वार्षिक बजेट प्रस्तुत गरेका हुन्।बजेट सार्वजनिक भएसँगै लामो समयदेखि अन्योलमा रहेका प्रदेश सरकारका आर्थिक गतिविधि र विकास निर्माणका योजनाले गति लिने अपेक्षा गरिएको छ।बजेट अभावका कारण प्रभावित भएका सरकारी कामकाज तथा विकास आयोजनालाई अघि बढाउन यो बजेटले बाटो खोल्ने विश्वास गरिएको छ। अब बजेटको कार्यान्वयन र विनियोजित रकमको प्रभावकारी उपयोगमा प्रदेश सरकारको ध्यान केन्द्रित हुनेछ।