काठमाडौं ।नेपाली कांग्रेसको महाधिवेशनमा खुला उपसभापति पदका लागि उम्मेदवारी दिएका पार्टी प्रवक्ता देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
बुधबार महाधिवेशनस्थल खुलामञ्चमा सञ्चारकर्मीसँग कुरा गर्दै चालिसेले सभापति गगन थापाको आग्रहअनुसार उपसभापतिको उम्मेदवारीबाट पछि हटेको जानकारी दिएका हुन्।चालिसेले सभापति थापाले गरेको आग्रहलाई स्वीकार गर्दै उम्मेदवारी फिर्ता लिएको स्पष्ट पारे। उनले भने, “सभापति गगन थापाको आग्रहमा मैले उम्मेदवारी फिर्ता लिएको हुँ।”कांग्रेस महाधिवेशनमा चालिसेले खुला उपसभापति पदमा प्रतिस्पर्धाका लागि उम्मेदवारी दिएका थिए। उनी हाल नेपाली कांग्रेसका प्रवक्तासमेत हुन्।