काठमाडौं ।नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीको उपसभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।
रिजालले मंगलबार बिहान आगामी १५औँ महाधिवेशनमा उपसभापति पदमा प्रतिस्पर्धा गर्ने आफ्नो निर्णय सार्वजनिक गरेका हुन्।यसअघि १४औँ महाधिवेशनमा उनी महामन्त्री पदका लागि उम्मेदवार बनेका थिए। रिजाल पूर्वमन्त्रीसमेत हुन् भने उनले यसअघि पटक–पटक प्रतिनिधिसभा सदस्यको जिम्मेवारी निर्वाह गरिसकेका छन्।१५औँ महाधिवेशनबाट कांग्रेसको नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढिरहेका बेला रिजालले उपसभापति पदमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।