काठमाडौं ।नेपाली बजारमा मंगलबार सुनको भाउमा कुनै परिवर्तन भएको छैन।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।सोमबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो। महासंघले १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ९१५ रुपैयाँ निर्धारण गरेको छ।यता, चाँदीको मूल्य भने मंगलबार केही घटेको छ। सोमबार प्रतितोला ४ हजार ४३० रुपैयाँ रहेको चाँदी आज १५ रुपैयाँ घटेर ४ हजार ४१५ रुपैयाँमा झरेको छ।महासंघका अनुसार १० ग्राम चाँदीको मूल्य मंगलबार ३ हजार ७८५ रुपैयाँ कायम भएको छ।