काठमाडौं ।शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ वा नियन्त्रणमा नलिएको बताएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले जबरालाई प्रहरीले नियन्त्रणमा लिएको नभई उद्धार रेस्क्यु गरेको दाबी गरेका हुन्।सरकारका प्रवक्ताका अनुसार जबरालाई नियन्त्रणमा लिएको भन्ने बुझाइ सही नभएको भन्दै उनले घटनालाई ‘रेस्क्यु’को रूपमा व्याख्या गरेका छन्।जबराको अवस्थाबारे विभिन्न चर्चा भइरहेका बेला मन्त्री पोखरेलको यस्तो धारणा सार्वजनिक भएको हो।