काठमाडौं ।२०१७ सालको राजनीतिक परिवर्तनपछि प्रजातान्त्रिक व्यवस्था अन्त्य गरी राजा महेन्द्रले निर्वाचित सरकार र संसद् विघटन गरेको घटनाको विरोधमा शैलजा आचार्यले किशोरावस्थामै कालो झन्डा देखाएकी थिइन्।
त्यसपछि उहाँ राजनीतिक बन्दीसमेत बन्नुभयो र पञ्चायतविरोधी लोकतान्त्रिक संघर्षमा सक्रिय रहनुभयो।लोकतन्त्रका लागि संघर्षरत शैलजा आचार्य पछि नेपाली कांग्रेसको राजनीतिमा महत्वपूर्ण भूमिकामा पुग्नुभयो। उहाँ नेपालको पहिलो महिला उपप्रधानमन्त्री बन्नुभयो र १९९७ मा पहिलो महिला जलस्रोत मन्त्री बन्नुभएको अभिलेखमा उल्लेख छ।बन्दनाका लागि शैलजा आचार्यको प्रेरणा केवल उहाँले प्राप्त गर्नुभएको पदमा सीमित छैन। लोकतन्त्रप्रतिको निष्ठा, राजनीतिक साहस, नीतिगत अडान र सार्वजनिक जिम्मेवारीप्रतिको प्रतिबद्धता नै उहाँलाई प्रेरणाको स्रोत बनाउने आधार हुन्।
महिला अधिकारको जगअग्रज महिलाको संघर्ष
नेपालको महिला आन्दोलनको इतिहास शैलजा आचार्यमा मात्र सीमित छैन। दिव्या कोइराला, मङ्गलादेवी सिंह, सहाना प्रधान, द्वारिकादेवी ठकुरानी, साधना प्रधान, शान्ता श्रेष्ठ, नोना कोइराला लगायत अग्रज महिलाहरूको संघर्ष र योगदानले नेपाली महिलाको राजनीतिक तथा सामाजिक सहभागिताको आधार निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको छ।जुन समयमा महिलालाई विद्यालय जान, सार्वजनिक जीवनमा आउन र मतदान गर्नसमेत सहज वातावरण थिएन, त्यतिबेला महिलाहरूले आफ्ना अधिकारका लागि सार्वजनिक रूपमा आवाज उठाउनु सामान्य कुरा थिएन। महिलाले पढ्न पाउनुपर्छ, महिलाले मतदान गर्न पाउनुपर्छ भन्ने माग आफैंमा साहस र चुनौतीको विषय थियो।
नेपालमा महिलाको मतदान तथा राजनीतिक सहभागिताको यात्रा क्रमशः विकसित हुँदै गयो। १९५४ मा काठमाडौंको स्थानीय निर्वाचनमा महिलाले मतदान तथा उम्मेदवारीको अधिकार प्रयोग गर्न पाएका थिए। १९५९ को पहिलो आमनिर्वाचनमा द्वारिकादेवी ठकुरानी प्रतिनिधिसभामा निर्वाचित हुने पहिलो नेपाली महिला बन्नुभयो र त्यसपछि उहाँ नेपालको पहिलो महिला मन्त्री बन्नुभयो।
मङ्गलादेवी सिंह, सहाना प्रधानलगायतका अग्रज महिलाको संगठनात्मक सक्रियता र महिला अधिकारका अभियानले यस यात्रालाई थप संस्थागत बनाउन योगदान पुर्यायो।यी अग्रज महिलाहरूको त्याग, साहस र समर्पणकै जगमा आज नेपाली महिलाहरू शिक्षा, राजनीति, नेतृत्व र सार्वजनिक जीवनमा अघि बढ्ने अवसरमा पुगेका छन्।बन्दनाको बुझाइमा, अधिकार सहजै प्राप्त भएका होइनन्। अघिल्लो पुस्ताले संघर्ष गरेर निर्माण गरेको बाटोलाई नयाँ पुस्ताले अझ फराकिलो बनाउनु आजको जिम्मेवारी हो।
शैलजा आचार्य उदारीकरण र ऊर्जा विकासको दृष्टि
शैलजा आचार्यको राजनीतिक योगदान लोकतन्त्र र महिला अधिकारको प्रश्नमा मात्र सीमित थिएन। उहाँ जलस्रोत मन्त्री भएका बेला निजी क्षेत्रबाट विद्युत् उत्पादनमा लगानी आकर्षित गर्ने नीतिगत प्रयास पनि अघि बढेको थियो।उहाँको कार्यकालमा निजी क्षेत्रले उत्पादन गरेको विद्युत् नेपाल विद्युत् प्राधिकरणले खरिद गर्ने विद्युत् खरिद दर निर्धारण गर्ने व्यवस्था अघि बढाइएको थियो। यसले निजी क्षेत्रलाई जलविद्युत् उत्पादनमा लगानी गर्ने वातावरण बनाउन महत्वपूर्ण नीतिगत आधार दिएको भनेर ऊर्जा क्षेत्रसम्बन्धी स्रोतहरूले उल्लेख गरेका छन्।
त्यसबेला साना जलविद्युत् आयोजनालाई प्रोत्साहन गर्ने नीति र निजी उत्पादकबाट विद्युत् खरिदको व्यवस्था अघि बढ्नु नेपालको निजी जलविद्युत् क्षेत्र विस्तारको प्रारम्भिक आधारमध्ये एकका रूपमा चर्चा गरिएको छ।त्यसैले बन्दनाको बुझाइमा शैलजा आचार्यको नेतृत्व लोकतान्त्रिक संघर्षमा सडकमा देखिएको साहसदेखि विकासका लागि नीतिगत निर्णय गर्ने जिम्मेवारीसम्म फैलिएको थियो। राजनीतिक नेतृत्वले केवल पद सम्हाल्ने होइन, नीति निर्माणमार्फत उत्पादन, लगानी र आर्थिक अवसरको वातावरण निर्माण गर्नुपर्ने उनको प्रेरणाको एउटा आधार यही हो।
पद होइन, जिम्मेवारी
यही ऐतिहासिक चेतनाबाट प्रेरित बन्दनाको राजनीतिक सोचमा पदभन्दा जिम्मेवारी महत्वपूर्ण छ।उनको धारणा छ— पदलाई प्रतिष्ठासँग, पोजिसनलाई शक्तिसँग र शक्तिलाई व्यक्तिगत स्वार्थसँग जोड्ने राजनीतिक संस्कारभन्दा फरक रूपमा पदलाई जिम्मेवारीसँग, जिम्मेवारीलाई अधिकारसँग र अधिकारलाई कर्तव्यसँग जोड्न सके मात्र नेतृत्वले परिवर्तनको अनुभूति गराउन सक्छ।हिजोका महिलाले अधिकारका लागि संघर्ष गरे। आजको पुस्ताले प्राप्त अधिकारलाई अवसरमा रूपान्तरण गर्नुपर्छ। भोलिको पुस्ताका लागि अझ समतामूलक, न्यायपूर्ण, समृद्ध र अवसरयुक्त समाज निर्माण गर्नुपर्छ।उनी ठान्छिन् आजको महिला नेतृत्वले विश्राम लिने होइन इतिहासबाट प्रेरणा लिँदै नयाँ समयका चुनौती बुझ्ने, नयाँ विचार सिर्जना गर्ने