काठमाडौं ।प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुभएको जानकारी प्रतिनिधि सभालाई गराइएको छ।
प्रधानमन्त्री विदेश भ्रमणमा रहेका बेला सरकारका दैनिक प्रशासनिक कामकारबाही सम्हाल्ने जिम्मेवारी अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई दिइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा वाग्लेलाई उक्त जिम्मेवारी तोक्नुभएको हो।बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै प्रधानमन्त्रीको अनुपस्थितिमा हुने कामकारबाहीबारे सांसदहरूलाई जानकारी दिइएको हो।प्रधानमन्त्री साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जानुभएको अवधिभर कार्यवाहक प्रधानमन्त्रीका रूपमा वाग्लेले दैनिक सरकारी प्रशासन सञ्चालन गर्नुहुनेछ।