काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री स्वर्णिम वाग्लेबीच बुधबार बिहान भेटवार्ता भएको छ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा देशको पछिल्लो राजनीतिक तथा समसामयिक अवस्थाबारे छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।प्रधानमन्त्री बालेन शाह मंगलबार अमेरिका भ्रमणमा गएपछि वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन्। यही क्रममा उनले राष्ट्रपतिसँग भेट गरेका हुन्।भेटमा अन्य समसामयिक विषयमा समेत कुराकानी भएको बताइएको छ।