काठमाडौं ।प्रतिनिधि सभाको सोमबार बसेको बैठकले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई सर्वसम्मतिले पारित गरेको छ।
राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित विधेयक पारित गरिएको सभामुख डोलप्रसाद अर्यालले सदनलाई जानकारी गराएका हुन्।समितिको प्रतिवेदनमाथि सांसदहरूले राखेका धारणा र उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले दिएकी थिइन्।विधेयक पारित भएसँगै सभामुख अर्यालले प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन्।