काठमाडौं ।प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सोमबार सभामुख डोलप्रसाद डीपी अर्यालको अध्यक्षतामा बसेको छ।
बैठकमा प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १ सय ८० अनुसार १५ सदस्यीय ‘हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ गठन गर्ने प्रस्तावबारे छलफल भएको छ। उक्त विषयमा समितिका सदस्यहरूले आफ्ना राय, सुझाव तथा धारणा प्रस्तुत गरेका छन्।