काठमाडौं ।काठमाडौंको त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा घाइते भएका चालक दावा लामाको अवस्था गम्भीर बनेको छ।
कीर्तिपुर बर्न अस्पतालमा उपचाररत लामाको शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेको अस्पतालका चिकित्सक शंकर राईले जानकारी दिएका छन्। चिकित्सकका अनुसार उनको अवस्था अत्यन्त गम्भीर छ।आगलागीबाट घाइते भएपछि लामालाई तत्काल उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याइएको थियो।त्रिपुरेश्वर चोकमा आगलागी भएको बस बा ५ ख ४२७४ नम्बरको रिद्धिसिद्धी यातायातको रहेको प्रहरीले जनाएको छ। घटनाका बेला बसभित्र यात्रु भने थिएनन्।बसमा आगो कसरी र के कारणले लागेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।