काठमाडौं ।नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकको समय परिवर्तन गरिएको छ।
यसअघि दिउँसो १ बजेका लागि तय गरिएको बैठक अब दिउँसो ३ बजे बस्ने भएको छ।एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार पार्टीको निर्वाचन समीक्षा तथा पुनर्गठनसम्बन्धी कार्यदलको बैठक निर्धारित समयमा सम्पन्न नभएपछि सचिवालय बैठक सारिएको हो।
उनका अनुसार कार्यदलको बैठक अहिले केही समयका लागि रोकिएको छ। खाना ब्रेकपछि पुनः बैठक बसेर आवश्यक छलफल टुंग्याइने र त्यसपछि सचिवालय बैठक सुरु गरिनेछ।यसअघि बिहान ९ बजेदेखि एमाले केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक जारी छ।सचिवालय बैठकमा सहभागी हुन दिउँसो १ बजे पार्टी कार्यालय पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली भने करिब आधा घण्टा बसेपछि त्यहाँबाट बाहिरिएका छन्.