काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा उत्साह देखिएको छ।
नेप्से परिसूचक २२.८५ अंकले बढेर २ हजार ६ सय ४७ अंकमा पुगेको छ।बजार बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ६ अर्ब ७४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो।शुक्रबार बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण बढी देखियो। उक्त समूहको सूचक १.५९ प्रतिशतले बढेको छ। जीवन बीमा समूह पनि १.५२ प्रतिशतले उकालो लागेको छ।त्यस्तै विकास बैंक ०.४०, होटल तथा पर्यटन ०.३३, जलविद्युत् ०.८५, लगानी ०.१०, उत्पादन तथा प्रशोधन ०.५५, माइक्रोफाइनान्स ०.७५, निर्जीवन बीमा ०.४८ र व्यापार समूह ०.८५ प्रतिशतले बढेका छन्। अन्य समूह ०.११ तथा फाइनान्स समूह ०.०२ प्रतिशतले घटेका छन्।आज कारोबार भएका कम्पनीमध्ये १९६ वटाको सेयर मूल्य बढ्दा ७४ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रह्यो।
मूल्य बढ्नेमा स्नो रिभर्स १३.६६ प्रतिशत, इनिफिनिटी लघुवित्त ९.८१ प्रतिशत, मैलुङखोला जलविद्युत् ८.८४ प्रतिशत, याम्बलिङ हाइड्रोपावर ६.२० प्रतिशत र बोटलर्स नेपाल तराई ५.०६ प्रतिशतले अगाडि रहे।यता हाथवे इन्भेस्टमेन्टको मूल्य १५ प्रतिशत, धौलागिरी लघुवित्तको ५.१३ प्रतिशत र मातृभूमि लघुवित्तको २.६४ प्रतिशतले घटेको छ।कारोबार रकमका आधारमा कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आईएमई बैंक, लिबर्टी इनर्जी, सिद्धार्थ बैंक, सानिमा मिडिल तमोर र शिवम् सिमेन्ट अगाडि देखिए।