काठमाडौं ।सरकारले सहसचिव कालीप्रसाद पराजुलीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवातर्फ कार्यरत पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै पराजुलीको बढुवा भएको पुष्टि गरेका छन्।मन्त्रिपरिषद्को निर्णयसँगै पराजुली प्रशासन सेवाअन्तर्गत सचिवको जिम्मेवारीमा पुगेका छन्।