काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि गोरेटो कन्सल्टेन्सी परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
गोरेटो कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धिरज कँडेलले बाढीका कारण आफन्त गुमाएका, घाइते तथा घरबारविहीन बनेका नागरिकको पीडामा केही राहत पुगोस् भन्ने उद्देश्यले रकम सहयोग गरिएको बताए।उनले विपत्तिको यस दुःखद् घडीमा ठूलो सहयोग गर्न नसके पनि प्रभावित परिवारको दुःखमा साथ दिन आफ्नो संस्थाले सहयोग गरेको बताए। गोरेटोका बजार प्रबन्धक तथा सिनियर काउन्सेलर प्रकाश रेग्मीले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै प्रभावित नागरिकको शीघ्र उद्धार र राहतको कामना गरे। गोरेटोले विपत्तिमा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ। तिब्बत हुँदै नेपाल प्रवेश गरेको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ।