काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जिव थापासहितका तत्कालीन पदाधिकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटीका लागि जग्गा खरिद गर्ने क्रममा व्यापक अनियमितता र आर्थिक ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको सीआईबीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) उमा चतुर्वेदीले जनाएका छन् । सीआईबीका अनुसार जग्गा खरिद प्रक्रियामा करोडौँ रुपैयाँको हिनामिना भएको भन्दै परेको उजुरीका आधारमा अनुसन्धान अघि बढाउन उनीहरूलाई हिरासतमा लिइएको हो।
पक्राउ परेका पूर्वपदाधिकारीहरूमाथि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा थप गहन अनुसन्धान भइरहेको छ। घटनाको विस्तृत विवरण र पक्राउ पर्ने अन्य पदाधिकारीहरूको नामावली भने आउन बाँकी रहेको सीआईबीले जनाएको छ।
यस विषयमा थप विवरण आउन बाँकी रहेका छ ।