काठमाडौँ । कपिलवस्तुबाट जुवा खेलिरहेका अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका–३ झण्डीनगरस्थित विनोद रावतको पक्की घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले विशेष सूचनाको आधारमा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले जुवा खालबाट ४ लाख ७५ हजार रुपैयाँ नगद, ३ बुक तास र विभिन्न कम्पनीका १४ थान मोबाइल समेत बरामद गरेको छ। पक्राउ परेका सबै जनावरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय कृष्णनगर, कपिलवस्तुमा बुझाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका निम्न व्यक्तिहरु
१. जिल्ला रूपन्देही, गैडहवा गाउँपालिका–३ बस्ने वर्ष २६ को प्रभुनाथ पासी
२. जिल्ला रूपन्देही, शुद्धोधन गाउँपालिका–१ बस्ने वर्ष ३२ को सुरेन्दर मन्लाह
३. जिल्ला कपिलवस्तु, कृष्णनगर नगरपालिका–३ बस्ने वर्ष ३२ को विनोद एला
४. जिल्ला रूपन्देही, शुद्धोधन गाउँपालिका–४ बस्ने वर्ष ३४ को सागर काफ्ले
५. जिल्ला रूपन्देही, शुद्धोधन गाउँपालिका–४ बस्ने वर्ष ५१ को अशोक कुमार घिमिरे
६. जिल्ला रूपन्देही, शुद्धोधन गाउँपालिका–१ बस्ने वर्ष ४५ को रामेश्वर थारु
७. जिल्ला रूपन्देही, गैडहवा गाउँपालिका–३ बस्ने वर्ष ३३ को अब्दुल रहिम
८. जिल्ला रूपन्देही, शुद्धोधन गाउँपालिका–१ बस्ने वर्ष ३७ को रामू सहानी
९. जिल्ला कपिलवस्तु, कपिलवस्तु नगरपालिका–७ बस्ने वर्ष २० को लवकुश गिरी
१०. जिल्ला कपिलवस्तु, कृष्णनगर नगरपालिका–३ बस्ने वर्ष ४५ को लक्ष्मी प्रसाद जैसवाल
११. जिल्ला रूपन्देही, गैडहवा गाउँपालिका–३ बस्ने वर्ष ४५ को श्रीराम यादव
१२. जिल्ला रूपन्देही, गैडहवा गाउँपालिका–८ बस्ने वर्ष ३० को जगन्नाथ लोध
१३. जिल्ला रूपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका–११ बस्ने वर्ष ४१ को अस्लम मुसलमान
१४. जिल्ला दाङ, लमही नगरपालिका–५ बस्ने वर्ष ३९ को राजु भन्ने हेमराज ज्ञवाली
१५. जिल्ला दाङ, लमही नगरपालिका–५ बस्ने वर्ष ५० को विमल डाँगी