काठमाडौँ । कैलालीस्थित पथरिया नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार नदीमा पानीको सतह अझै बढ्दो क्रममा रहेको छ।
नदीको बहाव उच्च बन्दै गएपछि तटीय क्षेत्र तथा नदी आसपासका डुबान भइरहने होचा स्थानहरूमा बाढीको जोेखिम बढेको छ। महाशाखाले नदी किनारका बासिन्दाहरूलाई आज बेलुकासम्मै उच्च सतर्कता अपनाउन जोडदार अपिल गरेको छ।