काठमाडौँ । मुग्लिन–काठमाडौँ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ सिमलधारामा सुक्खा पहिरो खस्दा सवारी आवगमन पूर्ण रूपमा ठप्प भएको छ। गएराति १०ः२५ बजेको समयमा डाँडामाथिबाट रुख र ढुङ्गामाटो सहितको ठूलो सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
मुख्य राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ भित्रिने र बाहिरिने हजारौँ सवारी साधनहरू तथा यात्रुहरू बाटोमै अलपत्र परेका छन्। सडक खुलाउनका लागि बिहानैदेखि ५ वटा हेभी उपकरणहरू (डोजर र एक्जाभेटर) प्रयोग गरी तीव्र गतिमा पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। पहिरो ठूलो भएकाले पन्छाएर यातायात पुनः सञ्चालन गर्न केही समय लाग्ने अनुमान गरिएको छ।