स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले स्थानीय सञ्चारकर्मीहरूसँग जिल्लाको शान्ति–सुरक्षा, प्रहरी सेवा तथा समसामयिक सुरक्षा विषयमा विशेष अन्तरक्रिया कार्यक्रम गरेको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा प्रहरी अधिकारीहरूले जिल्लाको समग्र सुरक्षा अवस्था, हाल भइरहेका प्रहरी गतिविधिहरू र अपराध नियन्त्रणका प्रयासहरूबारे विस्तृत जानकारी गराएका थिाए ।
उक्त क्रममा उपस्थित सञ्चारकर्मीहरूले राखेका जिज्ञासा तथा प्रहरी सेवालाई थप प्रभावकारी बनाउन दिइएका रचनात्मक सुझावहरूबारे प्रहरी नेतृत्वले सकारात्मक रूपमा छलफल गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।