काठमाडौँ । छहरे–काठमाडौँ सडक खण्ड अन्तर्गत नुवाकोटको थानाभञ्ज्याङमा दुई गाडी भिरबाट खसेका छन्। खाजा खानका लागि रोकेर राखिएको विद्युतीय (इभी) बसलाई अर्को इभी बसले ठक्कर दिँदा दुवै सवारी साधन सडकबाट भिरमा खसेका हो । दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते प्रत्यक्षदर्सीले जानकारी दिएका छन् ।
सडक किनारमा रोकिराखेको इभी बसलाई पछाडिबाट आएको अर्को इभी बसले तीव्र गतिका कारण नियन्त्रण गुमाएर ठक्कर दिएको थियो। ठक्करको तीव्रताका कारण दुवै बसहरू अनियन्त्रित भई सडकबाट तल गहिरो भिरमा खस्न प्रत्यक्षदर्सीले जानकारी दिएका छन् ।
घटनालगत्तै पुगेको स्थानीय र प्रहरीको टोलीले उद्धार कार्य अगाडि बढाएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका चारै जनालाई तत्काल उपचारका लागि काठमाडौँ ल्याएको जनाएको छ । मृतकको पहिचान खुलाउनुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।